बाढीपहिरो पिडितलाई बर्गर हाउसको राहत र उपचार खर्च

Brg

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ५ का ६५ घरधुरी पहिरो तथा बाढीपिडितलाई युवा व्यवसायी बसन्त लामाको संयोजकत्वमा The Burger House And crunchy fried Chicken ले राहत सामग्री वितरण गरेको छ।

समाजसेवी तथा युवा व्यवसायी लामाले यस अघि पनि कोरोना भाइरसको कारण लकडाउनमा समस्या परेका ८ सय २८ परिवार मेलुङबासीलाई सरकारले तोकेको मापदण्ड अनुसार राहत वितरण गरेको कोरोना भाइरस विपद व्यवस्थापन समितिका सदस्य लोप्साङ लामाले जानकारी दिए ।

बसन्त लामाका अनुसार पहिरो तथा बाढीपिडितलाई अहिले तत्कालको लागि प्रति परिवार एक एक बोरा चामल र घाइतेको उपचारको लागि ५० हजार नगद प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्चो शेर्पा, समाजसेवी तथा नेकपाका युवा नेता सुनिल लामा, सन्जीप लामा, कृष्णा लामा, सज्जन लामा, लोप्साङ लामा, दिपक लामा, कुल ब. मोक्तान, छिरिङ्ग लामा, सोनाम लामा, टलक लामा लगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...