संस्कार समाजकी अध्यक्ष गुरुङले दिईन ४ महिनाको साढे ५ लाख भाडा छुट

Grung

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गरेपछि अधिकांश क्षेत्र ठप्प बने । यो समयमा ज्यालादारी मजदुरले मात्र नभई अन्य कतिपयले पनि रोजगारी गुमाए । कतिपयको मासिक पारिश्रमिक कटौती भयो । त्यहीकारण सरकारले घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्‍यो ।

१६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाडा छुट दिने घरधनीलाई बहालकर नलिने निर्णय पनि गरेको छ । सरकारले घरधनीहरुलाई चैत महीनाको भाडा छुट दिन अनुरोध गरेपछि केहीले घरभाडा नलिने घोषणा गरे । कतिपयले एक महीनाको भाडा मात्रै छुट दिएका छन् भने कतिपयले दोस्रो महीनाको पनि दिए ।

यो संकटको घडीमा सक्रिय समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङ काठमाडौंका हजारौं घरबेटीको निम्ति उदाहरण बनेकी छन् । उनले आफुले लिनु पर्ने घरभाडा वापतको चार महिनाको एकमुष्ट रकम ५ लाख ५० हजार रुपैयाँ छुट दिएकी छन् । असल संस्कार सिकौं सिकाऔं, आफ्नो देश आफैं बनाऔं भन्ने मूल नाराका साथ उनी समाज सेवामा सक्रिया बेनकी छन् ।

पैसा भन्दा मानवता प्रधान हो भन्ने कुरा त उनको मूल मन्त्र नै हो । उनी ३ वर्षदेखि विविध जनचेतनामुलक कार्यक्रम गर्दै आएकी छन् । उनको अविराम सारथी बनेको छ संस्कार समाज नेपाल । मान्छेमा भएको खराबीलाई उचित संस्कारले प्रतिस्थापन गर्दै समुन्नत समाज निर्माणको असल कर्णधारको आधार तयार गर्नु नै उनको र समस्टीमा संस्कार समाज नेपालको ध्येय हो ।

सर्वप्रथम हामीले असल संस्कार सिकौं र अरुलाई सिकाऔं त्यसपछि मात्र हामीले आफ्नो देश आफैं बनाउन सक्छौं भन्ने गुरुङको भनाई छ । २०७४ मा स्थापना भएको समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, ५ सय थान डस्विन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरिसकेको छ ।

संस्थाले हरेक हप्ता सरसफाई कार्यक्रम पनि गर्दै आएको छ । स्वस्थ मान्छेले मात्र स्वस्थ समाजको निर्माण गर्न सकिने गुरुङको धारणा छ । संस्थाले विद्यालय विद्यालयमा गएर संस्कारयुक्त कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस