चितुवाको आक्रमणबाट पाँच जनाको मृत्यु

Chetuwa attrack

काठमाडौँ । चितुवाको आक्रमणबाट गत आर्थिक वर्ष ०७६-७७ मा पाँच जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये भानु नगरपालिकाका दुई , शुक्लागण्डकी नगरपालिकाका एक, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका एक जना छन् । भानु नगरपालिकाकै एक जना चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ, भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोका, पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको चितुवाको आक्रमण मृत्यु भएको थियो ।

मानवलाई आक्रमण गर्ने क्रम बढेपछि उक्त अवधिमा आठ चितुवा नियन्त्रणमा लिई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा चितुवा नियन्त्रणमा लिएको थियो । यसका लागि सामुदायिक वनले काठको खोर बनाएका थिए । काठको खोर बनाउन कार्यालयले आर्थिक सहयोग गरेको थियो । भानु नगरपालिकाबाट पाँच, बन्दीपुर गाउँपालिकाका दुई र व्यास नगरपालिकाका एक चितुवा नियन्त्रणमा लिई सुरक्षितरुपमा अन्यत्रै स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...