बाढीपहिरोले लमजुङमा दर्जनौं परिवार विस्थापित

Lamjum1

काठमाडौँ । तीन दिनदेखी भएको भारी वर्षासँगै आएको बाढीपहिरोले लमजुङमा दुई दजर्न बढी परिवार विस्थापित भएका छन्। बाढी पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ। विस्थापितलाई छिमेकीको घर तथा सामुदायिक भवनमा अस्थायी स्थान्तरण गरिएको छ ।

प्रहरीका अनुसार दूधपोखरी गाउँपालिका २, जल्केनीमा कमल तामाङ र वेदबहादुर तामाङको घरमा पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका छन्।

दूधपोखरी ५ बन्देस्वारामा पहिरोले रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पूर्णरुपमा क्षति पुगेको छ। कलबहादुर तामाङको घर जोखिममा परेको छ। ४ जनाको परिवार विस्थापित भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

दोर्दी गाउँपालिका–३ काल्चेमा विकास भुजेल र अनिल भुजेलको घरमा पनि बाढीले क्षति पुर्‍याएको छ। उनीहरु छिमेकीको घरमा सरेका छन्। दोर्दी १ भारते लामिस्वारामा कृष्णप्रसाद अधिकारीको घर पहिरोले पुरिएको छ। अन्य १० घर जोखिममा परेको प्रहरीले जनाएको छ।

मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा पहिरो जाँदा २० घर विस्थापित भएका छन्। सोमबार राती पौने १२ बजे गएको पहिरोले ७४ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए। राइनास नगरपालिका–६ धमिलिकुवामा जुना चिलुवालको घर डुबानमा परेको छ ।

सुन्दरबजार नगरपालिका–९ फेदीकुनामा रामप्रसाद लौनियाको घरमा पहिरोले क्षति पुर्‍याएको छ। डीएसपी गंगाबहादुर थापाका अनुसार बाढीपहिरो पीडितलाई सुरक्षित स्थानमा सारिएको छ। दुई दर्जन बढी घर क्षति भएको जानकारीमा आएको उनले बताए।

सुन्दरबजार नगरपालिका–४ पुरानडिहीमा पूर्णबहादुर परियार र उनका छोरा यमबहादुर परियारको घर पहिरोले क्षति पुर्‍याउँदा उनीहरु विस्थापित भएका छन्। स्थानीय लक्ष्मीकान्त नेउपानेका अनुसार करिब १० घर पहिरोको उच्च जोखिममा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...