बिहे गर्ने प्रलोभन देखाएर बालिकालाई कोठामा लगि बलात्कार

Rape 1

काठमाडौं । बिहे गर्ने प्रलोभन देखाएर बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ हाल काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राईलाई प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका १६ वर्षीया हुन् । बिहे गर्छु भनेर उनलाई साथीको कोठासम्म लगेको पाइएको भनिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...