१७ वर्षीया किशोरीसँग विवाह गर्ने युवकसहित चार जना पक्राउ

Arest11

काठमाडौँ । उमेर नपुगेकी किशोरीसँग विवाह गर्ने युवकसहित चारजना पक्राउ परेका छन् । विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले जिल्लाकै १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले बेहुलासहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुला तिवारीसहित बुबा, आमासहित चार जना छन् । उनीहरुलाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...