प्युठानको रुमालेमा ट्याक्टर दुर्घटना हुँदा ७ जना मजदुरको मृत्यु

१०१०१२०३०

काठमाडौँ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गए राति लु२च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ट्याक्टर चालक रोल्पा त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर, रुन्टिगढि गाउँपालिका–५ का २१ बर्षीय सागर वस्नेत, २४ बर्षीय रीमबहादुर बस्नेत, १९ बर्षीय बीरेन्द्र बाठा मगर, १९ बर्षीय थमन बाठा मगर, उमेर नखुलेका गोर्वधन बुढामगर, २५ बर्षीय कबिराम बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनास्थल स्वर्गद्धारीको रुमालेमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको छ ।

ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको छ । मृतकहरु सबै भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार हुन् । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...