जलेश्वर कारागारमा महिला कैदीको मृत्यु

Death photo1

काठमाडौँ । महोत्तरीको जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ । मृत्यु भएकी उनी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुन भन्ने नुर जहाँ खातुन हुन् ।

उनको शुक्रबार राति करिब २ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए । बिरामी परेकी खातुनको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

अचानक बिहीबार उनको अवस्था नाजुक भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा राति २ बजेतिर उनको मृत्यु भएको जेलर महासेठले जानकारी दिए । ती महिला कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि कैदमा थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...