कास्कीको माछापुच्छ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

Pahiro pahad

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । तीनै जना एउटै कोठामा सुतिरहेका थिए । प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

२ सय मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिरोले बगाएको वडाध्यक्ष दवाडीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...