खोलाले बगाउँदा दुई बेपत्ता

Dubera death 780x470

काठमाडौँ । दोलखाको विगु गाउँपालिका–२ ओराङमा खोलाले बगाउँदा एक दाम्पती बेपत्ता भएका छन् । विगु गाउँपालिका–२ ओराङ टाइवा निवासी ६५ वर्षीय रामजी विक र उनकी ६० वर्षीया श्रीमती बुद्धिमाया विकलाई खोलाले बगाउँदा बेपता भएको आफन्त उद्धव विकले जानकारी दिए ।

सोमबार बिहान घरदेखि तल खेतमा गएका ती दम्पती बीचमा रहेको टाइवा खोलाले बगाएको हुनसक्ने आफन्तहरुले बताएका छन् । सोमबार बिहान ती दम्पती खेतमा गएको र हालसम्म बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ ।

घटनास्थल पुगेको असई कैलाशकुमार श्रेष्ठको टोलीले टाइवा खोलादेखि तातोपानी दोभानसम्म खोजी गरेको र फेला नपरेको तथा खोजी भइरहेको जनाएको छ । इप्रका सिङ्गटीका प्रहरी निरीक्षक सुनजीत तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको प्रमाण नभेटिएको बताए । दाम्पतीको चार छोरीहरु रहेको र सबैको विवाह भइसकेको बताइएको ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...