घुस लिएको अभियोगमा उद्योग अधिकृत पक्राउ

Arest11

काठमाडौँ । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई ९६ हजार तीन सय रुपैयाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले ओलीलाई अपराह्न साढे १२ बजेतिर पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरी आवश्यक अनुसन्धानका लागि अधिकृत ओलीलाई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेकोे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...