इतिहासमा पहिलोपटक सरकारी सचिवमा लेखियो विकको नाम

Dr.man bdr bk

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक दलित समुदाय सचिव हुने अवसर पाएका छन् ।

सरकारले सहसचिव डा. मानबहादुर विश्वकर्मालाई सचिवमा बढुवा गरेसँगै इतिहासमै पहिलोपटक दलितले सचिव हुने अवसर पाएका हुन् ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ । पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् ।

पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्वकर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनी पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव थिए । केही महिनाअघि उनको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...