इन्सपेक्टरलाई कार्यकक्षमै घुस दिन खोज्ने दुई जना पक्राउ

Pakrau 696x434

काठमाडौँ । प्रहरी निरीक्षक इन्सपेक्टरलाई कार्यकक्षमै पुगेर घुस दिन खोज्ने दई जना पक्राउ परेका छन् । इन्सपेक्टरलाई एक लाख ५० हजार घुस दिन खोजेको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको हो । दाङको घोराही उपमहानगर वडा नम्बर १८ सुपैला कुटीका २७ वर्षीय गोविन्द शाह र प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ भिङ्ग्रीका घर भइ हाल दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही बस्दै आएका ३० वर्षीय समीर भण्डारी पक्राउ परेका हुन् ।

उनीहरु दुबै जनाले शनिबार अपरान्ह ५ बजेतिर वडा प्रहरी कार्यालय घोराहीमा पुगेर कार्यालय प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै एक लाख ५० हजार घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रतिवन्धित आगुऔषध ब्राउन सुगर मु्द्दामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्री समेतको मुद्दा मिलाई दिन भन्दै प्रहरी निरीक्षक रिमाललाई डेढ लाख दिन खोजेपछि तत्काल उनीहरुलाई पक्राउ गरिएको उनले बताए । ‘कुराकानीकै क्रममा जवरजस्ती डेढ लाख घुस रकम दिन लागेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...