रुकुम पश्चिममा पहिरोले घर परिँदा आमाछोराको मृत्यु

Pahiro pahad

काठमाडौँ । रुमुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ । एकजना घाइते भएका छन् । शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको हो । घरमा पुरिँदा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

दुईजनाको शव घरभित्र पुरिएको अवस्थामा निकालिएको केसीले बताए। घरमै पुरिएकी आठ वर्षीया हिरालाई भने घाइते अवस्था उद्धारगरिएको छ । तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...