कर उठाउन बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

Bank all

काठमाडौं । भदौ ४ गतेदेखि बन्द रहेको बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु बिहीबारसम्म खुला हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

अहिले बैंकले एकदमै कम शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोलेपछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

सीमित शाखा मात्रै खोल्दा भीड अत्याधिक भएको र सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि राष्ट्र बैंक निर्देशन जारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस