रुसमा यात्रुवाहक बस पुलबाट खस्दा १९ को मृत्‍यु २१ घाइते

Russ buss 20191201135110

मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् । स्थानीय सरकारी अधिकारीका अनुसार यात्रुवाहक बस पुलबाट नदीमा खसेर डुबेको हो । उक्त दुर्घटनापछि यहाँको सरकारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । श्रेतेन्स्क सहरबाट पूर्वी मस्कोतर्फ जाँदै गरेको बस आइतबार कुएंगा नदीको पुलबाट तल हिउँले जमेको नदीमा खसेको हो ।

बसमा ४३ यात्रु र एक चालक थिए । रुसी मिडियाका अनुसार प्रहरीले घटनाको छानविन गर्ने जनाएको छ । अरब न्युजका अनुसार संसारकै असुरक्षित सडकमध्ये रसियाका सडक पनि पर्छन् । गत वर्ष मात्रै रुसमा १८ हजार २ सय १४ जनाको मृत्यु सडक दुर्घटनाबाट भएको प्रहरी रिपोर्ट छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...