चीनको एक खानीमा ग्यास विस्फोट हुँदा १५ मजदुरको मृत्यु

China blast 768x512

एजेन्सी । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराइसकिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...