नेकपाका अध्यक्ष मन्यालले शिक्षकहरुको २५ लाख बढी तलब पचाए, आन्दोलन गरे बर्खास्त गर्ने धम्की

Dn

दार्चुला : दार्चुला जिल्लाको विकट मानिने अपी हिमाल गाउँपालिकाका अध्यक्ष डीएन घाजुरेल (धर्मानन्द मन्याल) ले करिब ८० जना बढी शिक्षकहरुको दुई महिनाको तलब पचाएका छन् । उनले कोरोना नियन्त्रण कोषमा खर्च अपुग भएकाले गाउँपालिकाले राखेका अस्थायी शिक्षकहरुको दुई महिनाको २५ लाख बढी रकम काटिएको बताईरहेका छन् । बिना सल्लाह आफ्नो तलब काटेपछि शक्षकहरु भने आन्दोलनको तयारीमा लागेका छन् । अध्यक्ष मन्यालले विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र विद्यालय तथा शिक्षकहरुसँग सल्लाह नगरी नै दुई महिनाको तलब काटेपछि उनको गाउँपालिकामा चर्को विरोध भईरहेको छ ।

तर अध्यक्ष मन्यालले आन्दोलन गरे सबै शिक्षकहरुलाई बर्खास्थ गर्ने धम्की दिईरहेका छन् । २०७४ सालको निर्वाचनामा तत्कालीन एमालेका तर्फबाट निर्वाचित भएका मन्याल मनोमानी ढंगले शिक्षक नियुक्ति गरेर विवादमा आएका थिए । तर अहिले उनै शिक्षकहरुलाई मनोमानी ढंगले बर्खास्त गर्ने चेतावनी दिईरहेका छन् । गाउँपालिकाले माबिका शिक्षकहरुको बेसिक तलब २२ देखि २५ हजार, निमाबिका शिक्षकहरुको १८ र प्राविका शिक्षकहरुको १३ हजार तोकेको छ । गाउँपालिका भरी करिब ८७ जना अस्थायी शिक्षक रहेका छन् । उनीहरुको दुई महिजनाको करिब २५ लाख बढी तलब रहेको अपी हिमालका सत्तारुढ नेकपाका एक स्थानीय नेताले समाजवाद डटटिभीलाई जानकारी दिए ।

निरकुंश शैलीमा निर्णय

त्यसो त अध्यक्ष मन्यालले चुनावको बेला जनतासँग हात जोड्दै भोट मागे । जनताले मन्याललाई अध्यक्षमा जिताए पनि तर जब मन्याल अध्यक्ष बने त्यसपछि एकाएक उनको शैली फेरियो । व्यवाहार फेरियो र रवाफ बढ्यो । निरंकुश शैलीमा मनोमानी ढंगले अस्थायी शिक्षकहरु नियुत्त गरे । एकपछि अर्को विवादित योजना बाड्न थाले । विभिन्न योजनामा बार्गेनिङ गर्न थाले हुँदाहुदै अहिले आएर शिक्षकहरुकै तलब काट्न थाले । रक्सी खाएर भिर्ने झोलामा जस्ता काण्ड मच्चाउन थाले, उनकै निर्देशनमा इन्जिनियर कुटिए । मन्याल अहिले नेता होईन, डन बनेका छन् डन नाम नबताउने शर्तमा अपी हिमाल गाउँपालिकाका एक कांग्रेसका नेताले समाजवाद डटटिभीसँग भने । त्यस्तै अहिले शिक्षकको तलब काट्ने निर्णयमा कसैको सहमति छैन । उनीहरु अध्यक्ष मण्याल भने पछि थरथर काप्छन् । घाजुरेल नै राजा हुन् भने झै डराउँछन् ।


शिक्षा समितिका अध्यक्ष रहेका मन्यालले पालिकामा पनि एकलौटी रुपमा शिक्षकहरुको तलब काट्ने निर्णय गरे । बन्दाबन्दीको बेला शिक्षकहरु अनुपस्थित भएको भन्दै तलब काटेका छन् । नत गाउँपालिकाले क्वारेण्टिनको व्यवस्था गरेका थिए नत कुनै राहतका कार्यक्रम नै । विद्यालय खुल्ने त झन् कुरै भएन । अनि कसरी निजी शिक्षकहरुलाई अनुपस्थित भएका भनेर भन्न सकिन्छ । उनका अगाडी गाउँपालिकाका पदाधिकारी एक शब्द बोल्नै सक्दैनन् । उनी एकदमै निरकुंश छन् । अध्यक्ष मन्यालको शिक्षकहरको तलब काट्ने कुरामा उनीहरु सहमत छैनन् एक स्थानीयले समाजवादसँग भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...