बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

Kp prachanda

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको छ । पार्टीको अर्ली महाधिवेशन, पछिल्लो समय देखिएका विवादका अन्य विषयमा छलफल गर्न अध्यक्षद्वयबीच भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए ।

शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।

माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आज विहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग अलग छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...