३ बजेर १० मिनेटपछि बालुवाटारमा सुरु भयो नेकपाको सचिवालय बैठक

Nekapa sachibalaya baithak

काठमाडौं । शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी समिति बोलाउने निष्कर्षमा पुगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजेर १० मिनेटपछि बालुवाटारमा सचिवालय बैठक जारी छ ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्को शक्ति संघर्ष देखिएपछि स्थायी कमिटी बैठक कसरी टुंग्याउने भन्ने विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको हो ।

नेकपामा शीर्ष नेता शनिबार बिहानैदेखि छलफलमा सक्रिय भएका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटेका थिए ।

खुमलटार र बालुवाटारका दुवै छलफल सचिवालय बैठकका एजेन्डामा केन्द्रित भएको थिया । त्यसपछि मात्रै सचिवालय बैठक बस्न सबै राजी भएका थिए ।

खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने उक्त छलफलमा गएनन् ।

सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागी थिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड समूहले चर्को दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।

विवाद समाधानका प्रयास भइरहेको भन्दै नेकपाले शुक्रबार मात्र स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो । तर, अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो ।

अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए । दुई नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो । त्यसबीच स्थायी समिति सदस्यलाई साउन ४ गते दिउँसो ३ बजेसम्म बैठक स्थगित भएको जानकारी गराइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...