सचिवालय बैठकअघि ओली–दाहालबीच माधव नेपालको ‘नोट अफ डिसेन्ट’बारे गोप्य छलफल

सचिवालय बैठकअघि ओली–दाहालबीच माधव नेपालको ‘नोट अफ डिसेन्ट’बारे गोप्य छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । दुई  अध्यक्षबीचको बैठक केहीबेरअघि सकिएको छ । उनीहरुबीच नेता माधव कुमार नेपालले दर्ता गराएको सात बुँदे ‘नोट अफ डिसेन्ट’बारे छलफल भएको बुझिएको छ ।

यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकाय नपुगेको भन्दै आजका लागि सारिएको थियो । लगत्तै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठको आयोजना गरेका थिए । उक्त बैठकमा नेता नेपाल सहभागी भएका थिएनन् ।

सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद समाधान गर्ने नेकपाको प्रयास छ । नेकपाले अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बाँकी छ । यस्तै सम्पर्क समन्वय कमिटि, विशेष प्रदेश कमिटि, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...