नेपालका यी ११ क्षेत्रमा चिनियाँद्वारा कब्जा, किन बोल्दैन सरकार ?

Nepal oli cg chaina

काठमाडौं । भारत-चीनबीच पूर्वी लद्दाखको गलवान भ्यालीमा आमनेसामने भएका समयमा नेपाल-भारतबीच पनि सीमा विवाद शुरु भएको छ ।

भारत–चीन दुबै मुलुकले नेपालको सीमा अतिक्रमण गरेका छन् ।

भारतले अतिक्रमण गरेका भूमिमाथिको अतिक्रमण रोक्‍न भन्दै नेपालले विरोध पत्र पठाउनुका साथै भारतले अतिक्रमण गरेका लिम्पियाधुर, कालापानी र लिपुलेकसहितको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

वर्षौंदेखि भारतले पनि नेपाली भूमि अतिक्रमण गरेको छ भने चीनलेसमेत नेपालका विभिन्‍न ११ ठाउँहरुमा अतिक्रमण गरेको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका असफलता र चिनियाँ अतिक्रमणलाई ढाकछोप गर्न भारतविरुद्ध नेपाल उभ्याएको भारतीय मिडियाहरुको आरोप छ ।

भारतीय सञ्‍चारमाध्यम जी न्युजले सार्वजनिक गरेको एक प्रमाण अनुसार चीनले नेपालका विभिन्‍न ११ स्थानहरुमा अतिक्रमण गरेको छ । तर, प्रधानमन्त्री ओलीले यस विषयमा भने मुख खोलेका छैनन् ।

चीनले अतिक्रमण गरेका ११ स्थान :-

१. हुम्लाको बागद्वार खोलामा ६ हेक्टर जमिन अतिक्रमण
२. हुम्लाको कर्णाली नदीमा ४ हेक्टर जमिन अतिक्रमण
३. रसुवाको बुर्जुक खोलमा एक हेक्टर
४. रसुवाको लाम्दे खोला अतिक्रमण
५. रसुवाको जम्बु खोलामा ३ हेक्टर अतिक्रमण
६. सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर
७. सिन्धुपाल्चोकको भोटेकोशीमा ४ हेक्टर
८. सिन्धुपालचोकको खरने खोलामा ७ हेक्टर जमिन अतिक्रमण
९. संखुवासभाको सामजुङ खोलामा ३ हेक्टर
१०. संखुवासभाको खाम खोलामा ३ हेक्टर
११. संखुवासभाको अरुणमा ४ हेक्टर जमिन अतिक्रमण

एकातिर चीनले नेपाली भूमि अतिक्रमण गरेको छ भने अर्कोतिर नेपालको राष्ट्रिय राजनीतिमा चिनियाँ भूमिका बढ्दै गएको छ ।

नेपालको सत्तारुढ दललाई चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण दिने र नेपालको सत्ता जोगाउन नेपालका लागि चिनियाँ राजदूतले भूमिमा खेल्‍नेजस्ता कुराले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा प्रश्‍न उठ्‍ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...