प्रदेश ५ सरकारको कुल बजेट ३६ अर्ब ३५ करोड, निरोना नियन्त्रण पहिलो प्राथमिकतामा

Shankar pokhrel

बुटवल । प्रदेश नं. ५ सरकारले आगामी वर्षका लागि ३६ अर्ब ३५ करोडको २५ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पूजिगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रहेको बजेट प्रस्तुत गरेका हुन् ।

वित्तिय हस्तान्तरणर्फ ५ अर्ब १४ करोड ५० लाख रहेको छ । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको भन्दा ६ करोड १३ लाखले कम हो ।

संघीय सरकारबाट आउने बजेट बृद्धि नभए पनि प्रदेशले स्थानीय तहलाई अनुदानमार्फत दिने बजेट भने १७ प्रतिशत बृद्धि गरी ५ अर्ब १४ करोड पुराएको छ। बित्तिय समानीकरण अनुदान ६० करोड, ससर्त अनुदानतर्फ २ अर्ब ४ करोड, समपुरक अनुदान १ अर्ब ५० करोड बिनियोजन गरेको छ ।

बजेटबाट कोरोना महामारी रोकथामका लागि भैपरी कोषमा १ अर्ब राखिएको छ। जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्न १५ करोड बिनियोजन गरिएको छ । कपिलवस्तुको शविराजमा सय शैयाको सरुवा रोग उपचार अस्पताल बनाउका लागि १ करोड बिनियोजन भएको छ । दाङमा ट्रमा सेन्टर स्थापनाका लागि ५ करोड बजेट बिनियोजन गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले बजेटमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, कृषि आत्मनिर्भरता र रोजगारी स्थापनालाई जोड दिएका छन्। कोरोनाले निम्त्याएको बिरोजगारीलाई बजेटले विशेष सम्बोधन गरेको छ । उत्पादन र रोजगारीका थप अवसर सुधार गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्य लिइएको छ ।

गौतमबुद्ध विमानस्थल, रेलवे मार्ग, पूर्वपश्चिमको राजमार्गको ठूलो हिस्सा भएकाले प्रदेशको उज्यालो भविष्य रहेको मुख्यमन्त्री पोखरेलले बताए । वन क्षेत्रलाई आयस्रोतको राम्रो माध्यम बनाउने प्रदेशको योजना रहेको छ । बुटवल, भैरहवा, नेपालगञ्ज, कोहलपुर, दाङ तुल्सीपुरको घना शहरीकरणमा विकास गर्ने र पहाडका रामपुर, रिडी क्षेत्रलाई शहरीकरणका रुपमा विकास गर्ने योजना छ ।

मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दै रोजगारी सिजर्ना गर्ने लक्ष्य राखिएको छ । गौतमबुद्ध विमानस्थल सञ्चालनपछि निजी क्षेत्रबाट खोलीने पर्यटन व्यवसायले रोजगारी बृद्धि गर्ने अपेक्षा सरकारको छ । कृषिलाई आत्मनिर्भरताको आधारसिलता बनाउने, स्वस्थ्य सेवाको सुनिश्चितता गर्ने, विदेशबाट फर्किएकालाई प्रदेशमै रोजगार बनाउने, डिजिटल प्रदेश निर्माण गर्ने, अनावश्यक खर्च कटौटी गर्र्नु बजेटका प्राथमिकता रहेका छन् । पदाधिकारीको इन्धन, सवारी, मर्मत खर्च काटिएको छ ।

मुख्यमन्त्री पोखरेलले सामाजिक विकासतर्फको बजेटमा करिव ४० प्रतिशत बृद्धि गरेका छन् । यो स्वास्थ्य, शिक्षातर्फको बजेट हो। सामाजिक विकासतर्फ ५ अर्ब ६७ करोड बिनियोजन गरेको उनले बताए । कोभिडबाट गुमेको रोजगारी स्थापना गर्न स्वयम्सेवी कार्यक्रमका लागि १ करोड बजेट छुट्याएको छ ।

युवा स्वरोजगार कार्यक्रमका लागि १६ करोड बिनियोजना गर्दै १० हजार युवाले लाभ लिने मुख्यमन्त्री पोखरेलले बताए । मुख्यमन्त्री ग्रामिण विकास र रोजगार कार्यक्रमलाई परिमार्जन गरी १ सय ९ तहमै लागू गर्न १ अर्ब बिनियोजन गरिएको छ। स्वदेश उत्पादनको उपभोगका स्वदेशी काठ र स्वदेशी फर्निचर नै हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो छ पूर्ण बजेट

प्रतिकृया दिनुहोस