संयुक्त राष्ट्रसंघको आर्थिक समितिको अध्यक्षमा नेपालका राई निर्वाचित

Amrit rai 31

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई निर्वाचित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घस्थित नेपाली नियोगद्वारा बिहीबार जारी बिज्ञप्तिमा महासभाको ७५औँ सत्रअन्तर्गत भएको निर्वाचनमा आर्थिक तथा वित्तीय समितिको अध्यक्ष पदमा राई निर्वाचित भएका हुन् ।

राई मार्च २०१९ देखि नेपालको स्थायी प्रतिनिधिको रूपमा न्युयोर्कमा कार्यरत छन् । यसभन्दा पहिले दक्षिण अफ्रिकामा नेपालका राजदूत र नेपालको विदेश मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए ।

राष्ट्रसङ्घका छ वटा समितिमध्येको यो एक महत्वपूर्ण समिति हो । यसको कार्यकाल एक वर्ष हुने बताइएको छ । यसले विशेष गरी विश्वको समग्र अन्तर्राष्ट्रिय विकाससँग जोडिएका विविध गतिविधिसँग सम्बन्धित रहेर काम गर्छ ।

यो अवसर नेपालको लागि पहिलो पटक हो । पछिल्ला वर्षहरूमा नेपाल विभिन्न बहुपक्षीय मञ्च तथा विभिन्न जिम्मेवारीहरू सहितको प्रक्रियामा सक्रिय रहेको जनाइएको छ ।

समितिले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि आर्थिक सहयोग, भूमण्डलीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि आईसीटी, मौसम परिवर्तन, प्रकोपजस्ता र आर्थिक मामिलासम्बन्धी काम गर्छ । विकासशील, अतिकम विकसित तथा साना टापु राष्ट्रजस्ता देशहहरूले सामना गरिरहेका विकासका विभिन्न मुद्दाहरूमा पनि यसले काम गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...