प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्नेलाई पानीको फोहोरा

Police nepal news nepal

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास नजिकै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको स्रातले जनाएकाे हाे ।

निषेधित क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। झडपका क्रममा प्रहरीले लाठी पनि हानेको छ।

प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, कोरोना नियन्त्रणमा भएको भनिएको दश अर्बको हिसाब सार्वजनिक गर्न, क्‍वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गरेका थिए।

उनीहरुले सबै नागरिकक जीवन रक्षा गर्न पनि माग गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...