रुकुम पश्चिम 'हत्याकाण्ड' : मुख र टाउकोमा कपडाले बाँधेको अवस्थामा १० दिनपछि भेटियो गोविन्द शाहीको शव

Rukum sab 18

काठमाडौँ । रुकुम पश्चिम हत्याकण्डमा बेपत्ता भएको गोविन्द शाहीको शव फेला परेको छ । मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको हो ।

जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन गएको बेला सिंगो गाउले मिलेर आक्रमण गरेका थिए ।

सो क्रममा बेपत्ता भएकामध्ये बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव भेरी न पा ११ मटेलाका भेरी नदि किनारमा फेला परेको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा बेपत्ता शाही भेटिएको भन्दै उनीप्रति समवेदनासमेत प्रकट गरेका छन् ।

सो घटनामा परी बेपत्ता भएकामध्ये नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार, टिकाराम सुनार र सञ्जु विकको यसअघि नै भेटिएको थियो । सबै जनाको दाहसंस्कार गरिएको छ ।

जाजरकोटका २१ वर्षीय नवराज विक जेठ १० गते साथीहरुसहित रुकुम सोतीमा रहेकी प्रेमिका सुष्मा मल्ललाई लिन गएका बेला गाउँलेहरुको आक्रमण परी नवराजसहित ५ जनाको मृत्यु भएको थियो भने गोविन्द शाहि बेपत्ता थिए ।

जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन गएको बेला सिंगो गाउले मिलेर आक्रमण गरेका थिए । १९ वर्षीय शाही भेरी नगरपालिका–११, मटेलाका इन्द्रबहादुर र भीमा कुमारीका कान्छा छोरा हुन् । उनी शीतल मावि, चौरजहारीबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुँदै थिए ।

उनका बुवा इन्द्रबहादुर जाजरकोट कारागारमा कैद भुक्तान गर्दै आएका छन् । गोविन्दले एसईई उत्तीर्ण गरेर वैदेशिक रोजगारमा जाने लक्ष्य राखेका थिए । गत शनिबार साथीलाई भेट्न र काफल खान जान्छु भनी उनी घरबाट हिँडेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...