कांग्रेसको माग : ‘रुकुम घटना छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति बनाइयोस्’

Aayog

काठमाडाैं । सरकारले रुकुम घटनाको छानविन गरिरहेको आफूलाई मान्य नहुने भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले दलित सांसदको नेतृत्वमा संसदिय समिति बनाउनुपर्ने माग उठाएको छ ।

सोमबार संसद सुरु हुने बित्तिकै उठेर कांग्रेस सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुखले कांग्रेस सांसद मानबहादुर बिकलाई बोल्न समय दिएका थिए ।

बिकले भने, ‘गृहमन्त्रीले नदीमा हामफाले भन्नु भएको छ । तर पोष्टर्माटम गर्दा उनीहरुको पेटमा पानी थिएन । यसको कारण के हो ?, उनीहरुलाई मारिएको हो भन्नेकुरा थाहा भयो । उक्त घटना छानविन गर्न साधारण कर्मचारीको समिति बनाइएको छ । त्यसले न्याय दिन सक्दैन । त्यो हामीलाई मान्य छैन । त्यो घटना फितलो बनाउन आर्थिक अपचलन भएको छ भन्ने रिपोर्ट पाइरहेका छौँ ।

नेपाली कांग्रेसले त्यसलाई निन्दा गर्दै संसदीय समिति बनाउनु पर्ने हाम्रो माग छ । दलित सांसदको नेतृत्वमा समिति गठन होस् ।

पाे पनि...

रुकुम हत्याकाण्डको विरोधमा चर्किन थाल्यो आन्दोलन, शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप

अस्पतालमा पोस्टमार्टम रिपोर्टले भन्छ, नवराजहरुको कुटपिटबाटै मृत्यु भयो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...