अन्ततः पछि हटे प्रधानमन्त्री, अध्यादेश फिर्ता लिन राजी

Kp oli

काठमाडौं । दुई अध्यादेश ल्याएपछि चौतर्फी दवावमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मंगलबार जारी गरेका विवादास्पद दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् ।

संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ । सो अध्यादेश खारेज हुने व्यवस्था छ । जुन राष्ट्रपतिले गर्नुपर्छ । सम्भवतः आजै सो अध्यादेश खारेज हुनसक्छ ।

अध्यादेश आएपछि पार्टीभित्र निक्कै खैलाबैला मच्चिएको थियो । साथै २० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटि र केन्द्रिय कमिटिको बैठक तत्काल बोलाउन अध्यक्षद्धय केप शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिखित प्रस्ताव पेश गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छन् । दुबै जनाको सल्लाहपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार बनेका हुन् ।

यसैबीच बुधबारबाट सुरु भएको नेकपा सांसदहरूसँग ओली र प्रचण्डको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित भएको हो ।

बुधवार प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल भएको थियो । छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरूलाई बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...