चनौलीमा बन्यो प्रहरीको भवन, खनालले गरे उदघाटन

चितवन । चितवन भरतपुर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय चनौलीमा प्रहरी भवन ब्यारेक, मेश र पक्की शौचालय निर्माण सम्पन्न भएको छ । 

ईलाका प्रहरी कार्यालय चनौलीका प्रनानि कुलप्रसाद शर्माका अनुसार प्रहरीको नियमित बजेट १ करोड ७८ लाखको लागतमा सो व्यारेक भवन, शौचालय र मेस भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित सो भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिवार उदघाटन गरे । 

सो भवनको समुद्‌घाटन गर्दै महानिरिक्षक खनालले कुनै पनि अपराधी अपराध गरेर जुनसुकै स्थानमा बसे पनि त्यसलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशिल रहेको बताए । उनले अवैध सामाजिक क्रियाकलाप नियन्त्रण, शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउँदै लगिने समेत बताए । 

उनले नेपाल प्रहरीको अहम भूमिका समाजमा शान्ति सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नु रहेको चर्चा गरे । उनले अपराध नियन्त्रण तथा शान्ति स्थापनामा लोभ लालच नराखी कानुनी कठोरता एवम् निर्भयपूर्वक तथा विवेकपूर्ण निर्ममता अपनाई कार्य गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशनसमेत दिए । 

उनले समुदाय–प्रहरी साझेदारी अवधारण अन्तर्गत महिला हिंसा, मानव वेचबिखन, सडक सुरक्षा र व्यक्तिको सुरक्षा लगायत विविध विषयहरुमा नेपाल प्रहरीले ‘प्रहरी सँग १ दिने’ कार्यक्रहरु संचालन गरिएको समेत बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...