भारतको हेपाह शैली उस्तै, बिना जानकारी पाइलट च्यानलमा पानी छोड्दा ९० परिवार विस्थापित

काठमाडौं । भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् ।


ती परिवारका करिब तीन सय जना शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका उनीहसँग सम्पर्क स्थापित र उद्दार गर्ने प्रयास भइरकेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी गराए । साहले भने, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने हो । तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’


आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको साहले जानकारी गराए ।स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ । यद्यपि यसवारे आधिकारी तथ्यांक भने नआइसकेको मेयर साहले वताए । नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...