हतियारसहित मन्दिर लुट्न पुगेका ८ जना डाँका पक्राउ

जनकपुरधाम । हतियारसहित मन्दिर लुट्न गएका ८ जना डाँका पक्राउ परेका छन् । जनकपुरधाम–८ स्थित विहारकुण्डमा डकैत गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बुधबार राति विहार कुण्डमा रहेको जानकी विहारका महन्थ नारायण शरणसंग रहेको नगद तथा मन्दिरको गरगहना लुट्ने उद्देश्यका साथ आएका ८ जना डाँकाहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

जानकी विहारका महन्थ नारायण शरणले मन्दिरको जग्गा बिक्री गरी राखेको रकम र मन्दिरमै रहेको सुन चाँदीलगायतको गरगहना लुट्नका लागि भारतको विहारबाट डाँकाहरुको समूह मोटरसाइकलमा सवार भएर जनकपुरधाम पुगेको प्रहरीले जनाएको छ ।

सुराकीको आधारमा प्रदेश प्रहरी, संघिय प्रहरी र जिल्ला प्रहरीको संयूक्त टोलीले खोजतलाश गर्दै जादा जनकपुरधाम स्थित लभली होटेलमा लुकिछिपी बसेका ८ जना डाँकालाई नियन्त्रणमा लिन सफल भएको छ ।

होटेललाई घेरा हालेर नियन्त्रण लिने क्रममा डाँकाहरुको तर्फबाट गोली फायरिंग भएपछि प्रहरीले समेत गोली चलाउँदा भारतको विहार राज्य समस्तीपुर जिल्लाका २४ वर्षीय रवि मलिक डोम घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीले डाँकाहरुसंगमा रहेको भारी मात्रामा हतियार तथा २ थान मोटरसाइकल र एक थान स्कुटी समेत बरामद गरेको धनुषाका प्रहरी शेखर खनालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा भारत समस्तीपुर गदोपुर बस्ने २० वर्षीय रवि मलिक डोम, सिमरी वडा नम्बर ८ विद्यापति नगर थाना बस्ने २० वर्षीय साहिल रजक विवेक, समस्तीपुर पटौरी वडा नम्बर ३ बस्ने २४ वर्षीय अजित कुमार सिंह, समस्तीपुर भगवनापुर चक्सीव वडा नम्बर ४ बस्ने २८ वर्षीय सुजित कुमार राय, समस्तीपुर महोदीनगर वडा नम्बर ६ बस्ने ३० वर्षीय अमितकुमार सिंह, महोदीनगर वडा नम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी साहरघाट वडा नम्बर ५ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र मधुवनी साहरघाट वडा नम्बर ८ बस्ने ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमन रहेका छन् । घाइते मलिकलाई दाँया र बाँया तिघ्रामा एकएक गोली र एक गोली पैतालामा गरी ३ गोली लागेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...