नेपाल एयरलाइन्सको झन्डै एक करोड डुबाएर पाइलट आङनुरीले दिए राजीनामा

काठमाडौं । नेपाल एयरलाइन्सको वाई–१२ जहाज उडान गर्दै आएका आइपी पाइलट आङनुरी शेर्पाले राजिनामा दिएका छन् । राजिनामा दिएका पाइलट आङनुरीका कारण ४ वटा वाई–१२ जहाज अनिश्चितकालका लागि ग्राउन्डेड भएको छ ।

योसँगै नुरीका लागि नेपाल एयरलाइन्सले गरेको झन्डै एक करोड लागत पनि डुबेको छ ।  नुरीले नेपाल एयरलाइन्सलाई झन्डै करोड रुपैयाँ तिर्नुपर्ने अवस्था आउने एचआर विभागको दाबी छ ।

नेपाल एयरलाइन्सको कर्मचारी विनियमालीको १५० मा सेवा अवधि पूरा नगरी जागिर छोडेमा तालिमका लागि भएको खर्च तिर्न पर्ने उल्लेख छ । 

खुला प्रतिस्पर्धाबाट नुरी नेपाल एयरलाइन्सको नर्वौ तहको सिनियर पाइलटको रुपमा २०१४ मा प्रवेश गरेका थिए । नेपाल एयरलाइन्स प्रवेश गरेपछि नुरी नेपाल एयरलाइन्सको खर्चमा २०१४ डिसेम्बरमा वाई–१२ जहाज उडानको तालिमका लागि चीन गएका थिए ।

तालिममा चीन जाँदा नुरीले तालिममा लाग्ने ३० लाख रुपैयाँ प्रतिवर्ष ५ लाख रुपैयाँका दरले ६ वर्षमा चुक्तान गर्नेगरी सम्झौता गरका थिए।

तर, नेपाल एयरलाइन्सको २०७४ असार २१ गते बसेको सञ्चालक समितिको बैठकले शेर्पालाई अयोग्य भनेर बर्खास्त गरेको थियो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर भएका थाहा भएसँगै जागिरबाट निगमका सधैँका लागि अयोग्य हुने गरी बर्खास्त भएका थिए।

बर्खास्त गर्दासम्म नुरीले लगभग ३ वर्ष सेवा गरेका थिए । ३ वर्षको सेवाबाट उनले नेपाल एयरलाइन्सलाई १५ लाख रुपैयाँ मात्रै बुझाएका थिए ।

यसै बीचमा फेरि  निगमले नुरीलाई वाई–१२ जहाजको आइपी पाइलट बनाउन भन्दै २०१५नोबेम्बरमा चीन पठाएको थियो ।

आइपी पाइलट बनाउन कै लागि निगमले १० देखि १२ लाख रुपैयाँ खर्च गरको थियो। निगमले जागिरबाट बर्खास्त गर्दासम्मको अवधिमा लिएको तालिममा भएको खर्च बाँकी रकम मात्रै २७ लाख रुपैयाँ नुरीसँग लिनुपर्ने भइसकेको थियो।

तर, फेरि निगमले  व्यवस्थापनले नुरीलाई मासिक झन्डै १० लाख रुपैयाँमा करार पाइलटको रुपमा ४ वर्षको सेवा अवधि तोकेर नियुक्ति दिएको थियो। 

करार पाइलटको रुपमा नियुक्ति दिँदै निगमले व्यवस्थापनले निगमलाई नुरीले तिर्न बाँकी रहेको रमक प्रत्यक महिनाको तलबबाट कटौती गर्दै जाने भनेर सम्झौता गरको थियो । तर, सम्झौता गरको दुई वर्ष पनि नहुँदै फेरि नुरीले राजिनामा दिएका हुन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...