‘म कम्युनिष्ट हुँ’ भन्दै किन यसरी उग्र बन्दैछन् इटहरी उपमहानगरका मेयर चौधरी ?

मेयर भन्छन्, मेयरकहाँ भवन माग्न आउने ? गिटी माग्न आउने ?

इटहरी । स्थानीय तहको नेतृत्व पाएपछि नेताहरु कतिसम्म उग्र बन्दा रहेछन् भन्ने एउटा गतिलो उदाहरण बनेको छ इटहरी उपमहानगरपालिका । त्यसमा पनि मेयर द्धारिकालाल चौधरीको गतिविधिले त उपमहानगरपालिकाकै बदनामी भएको छ ।

आफुलाई भुमीपुत्र भएको बताउने चौधरीले बुधबार मात्रै वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरे । त्यति मात्रै होइन, चौधरीले पत्रकारलाई समेत अभद्र व्यवहार गरे ।

बुधबार मेयर चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्ण बहाब भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काए । कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले  पत्रकार रेग्मीको कठालो समाते  भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काए । 

यो एउटा घटना मात्र हो । त्यसो त बुधबार नै उनलाई भेट्न पुगेका स्थानीयलाई ‘तँ तँ र म म’ गर्दै हप्काए । टोलको बाटो खाल्डा खुल्डी भएर जनताले हैरानी बेहोर्नुपरेको र वडाले पनि बजेट छैन, उपमहानगरपालिका जानुस् भनेर पठाएका वडा नंम्बर ८ धुर्की टोलका अर्जुन गहतराज उपमहानगरपालिका पुगेका थिए । तर, मेयर चौधरीले ‘मैले सडकको खाल्डाखुल्डी पुर्ने हो भन्दै हप्काएको र वडा कार्यालयबाट लगेको सिफारिस पनि च्यातिदिएका थिए । 

यस विषयमा बिहीबार विहान निशान न्युजले प्रतिक्रिया लिन खोज्यो । प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले आफुले शाही कालमा समेत आन्दोलन गरेर खारिएकाले कसैको कुरा नसुन्ने तर्क गरे । उनले भने, ‘मैले बाटोको खाल्डाखुल्डी पुर्ने हो ? मेरो काम त सडक पिच गर्ने हो, पुल पुलेसा बनाउने हो । यस्ता झिनामसनिा काम गर्ने मेरो फुर्सद छैन’ भन्दै उल्टै कड्किए । 

उनले आफु कम्युनिष्ट पार्टीको कार्यकर्ता भएकाले जनता को हो भनेर राम्ररी चिनेको दावी गरे । उनले ‘सडकमा जावो खाल्डा खुल्डी पुर्न मेयरलाई भेट्न आउने पनि जनता हुन्छन् ?’ भन्दै हप्काए । ‘म कम्युनिष्ट नेता हुँ । मैले पनि जनता चिनेको छु । म यहाँको भुमीपुत्र हुँ । यहाँको सबै माटो मलाई थाहा छ । अनि विना काम मलाई यस्तो कुरा माग्न आउने ? वडा कार्यालयले गर्ने काम किन मसँग माग्न आको ? त्यो जनता हो र ?’ उनले निशान न्युजसँग भने, ‘मसँग पुल चाहियो भनेर आउन सक्दैनन् ? मसँग कालोपत्रे गरिदे भनेर आउन सक्दैनन् ? म कसैसँग झुक्नेवाला छैन । डराउने वाला छैन । किनकी म कम्पुनिष्ट हुँ ।’

उनले निशान न्युजसँगको कुराकानीमा पटकपटक आफु कम्युनिष्ट भएको तर्क गरे । ‘तपाईको विचारधारा के हो मलाई थाहा छैन । तर, म कम्युनिष्ट हुँ । कम्युनिष्टले जनता राम्ररी चिनेको हुन्छ’ उनले भने, ‘काठमाडौंको मेयरलाई भेट्न सजिलै पाइन्छ ? पाइन्नँ । मैले पनि सजिलै साना तिना काम लिएर आउनेलाई भेट्नुपर्छ भन्ने के छ ?’

यसरी भयो मेयरसँग कुराकानी 

उपमहानगनरपालिकाका कर्मचारीहरु आन्दोलनमा छन् । खास कारण के हो ? 

मेयर : अ त्यस्ता नाथे के रे आन्दोलन । के रे राजा ज्ञानेन्द्रको विरोध सयौ कार्यकर्ताको नेतृत्व गर्दै काठमाडौंसम्म अश्रु ग्यास खाएर आको मान्छे दिनमा ५/६ ओटा । उनीहरुको आन्दोलन भनेको कस्तो हो भनी हिजो दुई जना  टयाङ्कर चालकहरुले आन्दोलन गरेको थिए । जुन तेल चोर्न पाउनुपर्छ भनेर । त्यस्तै उनीहरुको माग भनेको घुस खान पाउनुपर्छ भनेर आन्दोलन गरेर जनताको सेवा प्रवाहमा नाममा ठगी खाने । 

निशान न्युजः खास उनीहरुको माग के हो ?

मेयर : उनीहरुको माग केहि छैन । हिजो दुई जना घुस्याहलाई निकालि दिए । उनीहरुले घुस खान खोज्छ । त्यही हो कुरा । 

निशान न्युजः अनि एकजना भाइले फेसबुकमा स्टास हाल्नुभाको रहेछ बाटो खाल्डा खुल्डीको कुरा गर्दा पत्र नै फालिदिनु भयो रे 

मेयर : मेयर चाहिं खाल्डा खुल्डी पुर्दै हिड्ने ? वडा बजेटबाट सञ्चालन हुनुपर्ने उपमहानगरपालिकाको मेयरकहाँ भवन माग्न आउने ? गिटी माग्न आउने ? त्यो काम गर्नेभन्दा ढिपी गरेर पत्र ल्याउनु भो । त्यसकारण मैले फालिदिए । 

निशान न्युजः  तपाईले किन ‘त त र म म’ भन्नु भएछ । के जनतालाई ‘तँ’ भन्न पाइन्छ त ?

मेयर : मैले पनि जनतालाई  कसरी सम्मान गर्ने ? कसरी बाल्ने म पनि जनताबाट नै आको हुँ । म विदेशी मान्छे होइन । मलाई पनि यहाको वन पाखा खोला नालाले पनि चिन्दछ । ढाट कुरा गर्ने मान्छे जनता होइन, चोर हुन विकास वार्डमा माग्ने हो । म कम्युनिष्ट कार्यकर्ता हो । जनताको परिभाषा दिन आउछु ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...