घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या

रुकुम पूर्व । रुकुम पर्वमा एक युवाले खुकुरी प्रहार गरि आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको भुमे गाउँपालिका –७ गुनामका  २० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहीबार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको हो ।

हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...