सुतिरहेकी महिलामाथि मध्यरातमा यसरी भयो खुकुरी प्रहार

झापा । मध्यरातमा सुतिरहेकी महिलामाथि अज्ञात समूहले खुकुरी प्रहार गरिएको छ ।  मेचीनगर नगरपालिकामा–१० धुलाबारीकी ४१ वर्षीया आरती चौहान बुढाथोकी खुकुरी प्रहार बाट गम्भिर घाइते भएकी हुन् ।

घाइते चौहानको आम्दा अस्पताल धुलाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिए  ।

घरमा सात वर्षीया छोरी अर्पणसँगै सुतिरहेकी चौहानलाई बुधबार मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको डिएसपी थापाले बताए । राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका अवस्थामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको छोरी अर्पणाले बताएकी छिन् ।

‘राति हावाहुरीसँगै पानी परेकोले बिजुली नभएको बेलमा मान्छेहरु कोठामा प्रवेश गरेको हो’, अर्पणाले भनिन्, ‘ममीलाई पेटमा बसेर टाउँको खुकुरी प्रहार गरेको हो, मलाई घाटी न्याकेर हल्ला गरिस् भने तँलाई पनि यही खुकुरीले काटिदिन्छु भनेका थिए ।’  आराती कोठाभित्र अर्धनङ्ग अवस्थामा बिहान भेटिएकी थिइन्। कोठा रक्ताम्य अवस्थामा थियो ।

घटनाबारे बिहीबार बिहान अर्पणाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले थाहा पाएका थिए । बालिका कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयहरुले बताएका छन् ।

घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय र काकँडभिट्टाको टोली घटनास्थल पुगेका थिए । घटनाबारे अनुसन्धान सुरु गरिसकेको र खुकुरी प्रहार गर्ने व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको डिएसपी थापाले बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...