टहरोमा आगो लाग्दा बैतडीमा एकै घरका ३ जनाको मृत्यु

बैतडी ।  बैतडीमा आगलागीमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुधबार राति पौने ११ बजे पुर्चौडी नगरपालिका ७ बसपार्क छेउमा टहरो बनाएर बसेको परिवार आगलागीमा परेको हो ।


जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५, कुवाकोटका ५० वर्षीय करे लुहार उनकै ४५ वर्षीया श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोज रहेका छन् । 


राति खाना खाएर सुतेका बेला चुल्होबाट आगो सल्केको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागी भएको थाहा पाएपछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । तर, स्थानीयले नियन्त्रणमा लिनु अघि नै टहरोभित्र सुतेका तीनै जनालाई आगोले निलिसकेको थियो ।


मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...