१३ हजार पैसा र मोवाइलको लोभले ढुंगाले हानेर साथिको हत्या गर्ने पक्राउ

बुटवल । कपिलबस्तुमा १३ हजार पैसा र मोबाइलको लोभमा साथिको हत्या गरिएको छ ।   दुई दिनअघि मृत फेला परेका कपिलवस्तु वाणगंगा नगरपालिका ६ का युवकको हत्या उनकै साथीहरुले गरेको खुलेको हो । होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।

आचार्यको जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एक थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए ।

आचार्यसहित ५ जना वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपैयाँको विषयमा विवाद भएको थियो ।

मदिराकै तालमा एउटाले मोवाइल हराउछ, अनि एकले अर्कोलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो । विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० बर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ बर्षका गोपाल खनाल, २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

राजु र रमेश घटनाका मुख्य योजनाकार भएका प्रहरीको भनाइ छ । मोटरसाइकलमा ल्याएर ढुंगाहान्ने र जंगलमा फाल्ने काममा दोषी देखिएका छन् । गोपाल र बसन्तले आचार्यको शव कहाँ फाल्ने भन्ने योजना बनाएका हुन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...