पाँचथर घटनाबारे सदनमा गृहमन्त्रीले भने, पारिवारिक कलहसँग सम्बन्धित जस्तो देखिन्छ

काठमाडौं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाका बारेमा राष्ट्रिय सभाको बुधवारको बैठकमा गृहमन्त्री थापाले पाँचथरको मिक्लाजुङ– ३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान भइरहेको बताएका हुन् ।

सोही गाउँपालिकाको वडा नम्बर ८ मा  एक व्यक्तिको शव झुण्डिएको अवस्थामा फेला परेको र ती व्यक्तिसहित १० जनाकै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी गृहमन्त्री थापाले दिएका छन् ।

घाइते भएकी किशोरीको दमकमा उपचार भइरहेको जानकारी समेत उनले दिएका छन् । त्यसक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटना पारिवारिक कलहसँग सम्बन्धितजस्तो देखिएको बताए । पारिवारिक कलहसँग सम्बन्धित छ भन्ने कुरा आएको छ, अनुसन्धान जारी छ, गृहमन्त्री थापाले भने ।

पाँचथरको मिक्लाजुङ– ३ का बमबहादुर फियाक र धनराज शेर्मको परिवारका ९ जनाको सोमवार राति विभत्स हत्या भएको थियो । फियाक र शेर्मा नाताले ज्वाइँरससुरा हुन् । बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिम मिक्लाजुङ- ८ मा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनामा माखिमकै संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...