हावाहुरीका कारण नवलपुरमा दुई सयभन्दा बढी घरको छाना उडायो

नवलपुर । नवलपुरमा गए राति आएको ठूलो हावाहुरीले सयौंँ घरको छाना उडाएको छ । मंगलबार राति ८ बजेबाट असिना र पानीसहित आएको हावाहुरीले दुई सयभन्दा बढी घरको छाना उडाएको हो । छोटो समयमात्रै चलेको हावाहुरीले कतिपय घरका छानामात्रै उडाएको छ भने कतिपय घर बस्नै नमिल्नेगरी भत्काएको छ ।

हावाहुरीबाट देवचुली नगरपालिकाका ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडा बढी प्रभावित बनेका छ । यी वडाका टिन र खरका छाना भएको घेरैजसो घरका छाना उडाएको उपमेयर पार्वती तिवारीले बताइन् । उनका अनुसार वडा नम्बर ७ सबैभन्दा बढी प्रभावित बनेको छ भने अहिलेसम्म कुनै मानवीय क्षतिको सूचना प्राप्त भएको छैन ।

यी वडाका धेरैजसो स्थानका साथै सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल र रुख ढलेर बाटोमा आवतजावत समेत प्रभावित बनेको प्रहरीले जनाएको छ । प्रहरीले सयौंँको संख्यामा घरका छाना उडाए पनि एक्किन तथ्यांक भने आइनसकेको जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...