सगरमाथाको उचाई नाप्ने उपसचिव खिमलाल गौतम नेतृत्वको सरकारी टोली चुचुरोमा

काठमाडौं । सगरमाथाको उचाई नाप्नका लागि खटाईएको नापी विभागको टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका छन् । विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए ।


टोलीका सदस्य रविन कार्की सहित क्लाईम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले चुचुरोमा पुगेर जीएनएनएस र जीपीएस सेट गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताउनुभयो ।


टोली शिखरबाट फर्केर साउथकोल आईसकेका छन् । बिहीबार सम्ममा आधारशिविर आईपुग्ने पिक प्रमोशनले जनाएको छ । शिखरतर्फ जानु अघि टिम लिडर गौतमले कम्तिमा आधा घण्टा शिखरमै काम गर्नुपर्ने भएकोले राति नै शिखरमा पुग्नुपर्ने चुनौती रहेको बताउनुभएको थियो ।


शिखरमा जीपीएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण बिन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ । टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधारशिविरमा बसेर सहयोग गरिरहेका छन् । शिखरमा पुग्ने बित्तिकै उचाई पत्ता नलाग्ने नापी विभागले जनाएको छ ।


अब जीपीएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितिय र ज्यामितिय हिसाबले अध्ययन गरी उचाई टुंगो लगाएर पुष्टि गर्नेछन् । त्यसका लागि कम्तिमा अझै छ महिना लाग्नेछ । नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाई नाप्ने चर्चा चलेको एक वर्ष नाघिसकेको छ ।


नापी विभाग अन्तर्गत सगरमाथाको उचाई नाप्नका लागि प्रमुख काम मध्येमा शिखरमा पुग्नुपर्ने चुनौती थियो । यसअघि सन् १८५६ मा ब्रिटिश सर्वेयर जर्ज एभरेष्टले सर्वे गरी विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए ।


त्यसअघि भारतीय सर्वेयर राधानाध सिख्धरले १९५२ मै सगरमाथा सर्वोच्च शिखर भएको दाबी गरेका थिए ।  चीनले समेत यसअघि पटक पटक सगरमाथाको उचाई नाप्ने काम गरेको छ । सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाई समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको भनिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...