संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी मनाइयो

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी धुमधामका साथ मनाइएको छ । संस्कृतिविद् जोशी १ सय वर्ष पुगेको अवसरमा उनलाई बग्गीमा राखेर नगर परिक्रमा पनि गराइएको छ ।

जन्म शताब्दीका अवसरमा आज ललितपुरमा आयोजित विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति थियो । 

राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् जोशीको दीर्घायु र सुश्वास्थ्यको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर पठाएको सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको उच्च प्रशंशा गरिएको छ । 

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर आज विहान उनको निवासमा आफन्तजनहरुले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।  ललितपुर महानगरपालिकाले उनको सम्मानमा आज सार्वजनिक विदा दिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...