वामपन्थी नेता अधिकारीलाई उपचारका लागि काठमाडौँ लगियो

चितवन । नेपाल कम्युनिष्ट पार्टी  क्रान्तिकारी (माओवादी) का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । 

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो । अधिकारीको फोक्सो र मुटुको बीच भागमा सेकाउनुपर्ने भएकाले चिकित्सकको परामर्शमा लगिएको हो । 

विसं २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मेका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा लागेका थिए । जनयुद्धका समयमा उनको टाउकाको मूल्य रु २५ लाख तोकिएको छोरा नारायणले बताए ।

माओवादी पार्टी विभाजनसँगै अधिकारी वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतले अस्पतालमै आएर स्वास्थ्यलाभको कामनासहित सहयोगको आश्वासन दिएका थिए । 

परिवारका सबै सदस्य राजनीतिमा पूर्णकालीन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको बहिनी शान्ता अधिकारीले जानकारी दिए ।

सरकारले सहयोगको आश्वासन दिए पनि हालसम्म प्राप्त नभएको र प्रक्रियामा रहेको जानकारी पाएको उहाँले बताउनुभयो । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला इन्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...