झापाको माइधारमा बिहानै भेटियो टाइमबम, यातायत अवरुद्ध

झापा । आइतबार बिहानै झापाको माइधार पुलमा टाइमबम भेटिएको छ । पुलमै टाइमबम  भेटिएपछि त्रास फैलिएको छ । 

झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगतको सडक खण्डमा बम फेला परेपछि बिहान २ घण्टादेखि सवारीसाधन रोकिएका छन् ।

बम राखिएको नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ । सो पर्चामा सुगौली सन्धीमार्फत नेपालले गुमाएको भूमि फिर्ता, विदेशीलाई दिइएको अंगिकृत नागरिकता खारेज, संघीयताको खारेज लगायतमा माग राखिएको छ । 

शंकास्पद बस्तु डिस्पोज गर्न चारआलीबाट आएको सेनाको टोलीले डिस्पोज गर्न नसकेपछि अहिले इटहरीबाट सेनाको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...