कक्षा ११ काे परीक्षा सुरु, परीक्षा केन्द्रमा माेबाइल प्रयाेगमा निषेध

काठमाडौं  ।  यस वर्षको कक्षा ११ परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आइतबारदेखि देशभर एकैसाथ बिहान ७ बजेबाट परिक्षा सुरु भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी हुँदैछन्। जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ।

कक्षा ११ को परीक्षामा सबैभन्दा कम मनाङ जिल्लाबाट ५१ जना र सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी हुँदैछन्।

बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ। जसमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङरमुस्ताङमा १र१ परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षाका लागि प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ परीक्षा केन्द्र निर्धारण गरिएको छ।


परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।


परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ।


गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेको छ। यसअघि बैसाख २६ गते सम्पन्न कक्षा १२ को परीक्षामा समेत प्रश्नपत्रको सुरक्षाका लागि सिसीटिभी क्यामेरा प्रयोग गरिएको थियो।


बोर्डले केन्द्रमा प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ। बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ।


परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।


बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी बल्क एसएमएसको व्यवस्था गरेको छ भने कुनै त्रुटी देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटी सच्याएर बोर्डलाई जानकारी गराउने र यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...