अब छिटै युद्ध संग्रहालय निर्माण हुने

चितवन । नेपालको सशस्त्र द्वन्द्वका विषयमा केन्द्रित रहेर संग्रहालय निर्माण हुने भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध संग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ ।

 नेपालमा भएको सशस्त्र संघर्ष र शान्तिको अवस्थालाई चिनाउने लक्ष्य राखेर कालिका नगरपालिकाले संग्रहालयको डिपिआर बनाउन लागेको हो ।

उक्त नगरपालिकाको वडा नं–८स्थित गैरीबारीमा संग्रहालय बनाउने तयारी भएको नगरप्रमुख खुमनारायण श्रेष्ठ  (गोपी ले बताए । उनका अनुसार यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा उल्लेख भएपछि निर्धारण गरिने छ ।

 पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शक्तिखोरमा युद्ध संग्रहालय बनाउनका लागि श्रेष्ठलाई आग्रह गरेका थिए ।


उनले भने, ‘प्रचण्डज्यूले डिपिआर गर्न भन्नुभएको छ, हामी यथाशीघ्र डिपिआर तयार गर्छौं ।’ सबै प्रक्रिया सकेर आगामी आर्थिक वर्षबाट डिपिआरको काम सुरु गर्ने तयारी गरिएको छ । नगरप्रमुख श्रेष्ठले आउँदो आर्थिक वर्ष बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको जानकारी दिए । विश्वका उत्कृष्ट युद्ध सङ्ग्राहलयसमेत अध्ययन गरेर डिपिआर तयार गरिने योजना छ ।


सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई संकलन गरेर उक्त संग्रहालयमा राखिनेछ । दश वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने खालका कला कुँदेर देखाउन सकिने नगरप्रमुख श्रेष्ठले बताए ।   सो क्षेत्र पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ ।


संग्रहालय बनेसँगै यहाँ आउने पर्यटकको बसाईं लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादललगायतको गृहजिल्ला हुनाका साथै देशको केन्द्रबिन्दुमा यो क्षेत्र परेकाले उक्त संग्रहालय छिटो बन्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...