जेल जान र मर्न तयार छौं, तर प्रेस मार्ने कानून मान्दैनौंः सिग्देल

काठमाडौं  । नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले आफूहरु मर्न र जेल जान तयार रहेको सुनाउँदै प्रेसविरोधी ऐन तथा कानून कुनैपनि हालतमा नमान्ने सिग्देलको उद्धघोष छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्द अध्यक्ष सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरे ।

क्लबका सभापति ऋषि धमलालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अहिले सरकारले जसरी प्रेससम्बन्धी ऐन तथा कानून ल्याउन खोजेको छ त्यसले पत्रकारहरुलाई कमजोर र भयवित तुल्याएको सिग्देलको आरोप छ । 

सत्तामा एकपटक पुग्दैमा सबै कुरा बिर्सनु महाभुल भएको भन्दै उनले प्रधानमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकार्षण गराए ।

उनले भने,‘सरकारले गरेका गलत कामको बारेमा नलेख्न र नबोल्नको लागि थ्रेटको रुपमा यस्तो विद्येयक ल्याउन लागेको हो । हामीलाई यो कुनैपनि हालतमा स्विकार्य छैन् ।’

विद्येयककै कारण प्रेसका साथीहरु डरले थर्रथरको अवस्थामा रहेको पनि उनले सुनाए । उनले भने,‘यो विद्येयकका प्रावधानले पत्रकारहरुमाथि बज्रपात गरेको छ ।

यसले पत्रकारहरुलाई खाँडी मुलुक जाने अवस्थाको सिर्जना गरेको छ । अब सरकारको गुनगान र भजन गाउने दिन आउन थाल्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वर्ष जेल बसेको भन्दै त्यसमा आफूहरुलाई गर्व रहेको सुनाउँदै सिग्देलले भने,‘तर, आज के भयो ? मन्त्री हाम्रै साथी हो ।

आज यस्तो ऐन ल्याउन केले उक्सायो ? रेल ल्याउनुहोस् । पानीजहाज ल्याउनुहोस् । महँगी नियन्त्रण गर्नुहोस न केले रोकेको छ ? जनताले प्रेसलाई निमोठ्नको लागि दुई तिहाई दिएको हो र ?’

उनले भने,‘प्रेसलाइृ मार्न खोजिँदैछ, हामीलाई सह्य छैन् ।’ प्रेस काउन्सिल विद्येयक संविधान विपरित रहेको पनि उनले जनाए । उनले भने,‘अहिले हामी यो विद्येयक तत्काल फिर्ता लिन वा पूनरावलोकन गर्न आग्रह गर्दछौं ।’

यस्तै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिएका छन् । 

नेपाल पत्रकार महासंघ महासचिव पौडेलले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गरे ।

उनले भने,‘यो विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् । हामीले आन्दोलनको घोषणा गरिसकेका छौं ।’

उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पारे । तर, पछिल्लो समय प्रेसलाई नियन्त्रित कानून ल्याउने काम भएकोमा उनले आक्रोश पोखे । 

सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै सरकारको विरुद्धमा लड्न गाह्रो भैरहेको पनि उनले जनाए ।

उनले थपे,‘मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं । यसको गठन प्रक्रिया र नियत नै खराब छ ।’ 

आफूहरुलाई कुनैपनि हालतमा यो विद्येयक स्विकार्य नहुने उनको चेतावनी छ । उनले भने,‘यो कानून मान्दैनौं । हामी अवेज्ञा गर्छौं ।’ 

ऐन ल्याउँदासमेत सरकारले सरोकारवालाहरुसँग कुनै छलफल नगरेकोमा पनि उनले आक्रोश पोखे । आमसञ्चार ऐनपनि प्रेसविरोधी आउन लागेको पनि उनले गुनासो पोखे ।

सरकारले अहिले अपनाएको शैली र बाटो धेरै महँगो पर्नेपनि उनले चेतावनी दिए । उनले भने,‘हामी दरवारसँग लडेर आएका हौं ।

हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ । सीप छ ।’ कुनैपनि शर्तमा आफूहरुलाई यो विद्येयक र ऐन मान्य नहुने र देशभरिका पत्रकारहरु सडकमा उत्रिने पनि विष्टले चेतावनी दिए । 

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रेसलाई कुण्ठित पार्ने काम कुनैपनि हालतमा स्विकार्य नहुने जिकिर गरे ।

उनले भने,‘हामीलाई कुण्ठित पार्ने कुनैपनि धारा र ऐनहरु स्विकार्य हुँदैन् ।’ धमलाले आफूहरु कानूनी राज्यको पक्षमा रहेको सुनाउँदै प्रेसविरोधी गतिविधि मान्य नहुने चेतावनी दिए । 

उनले नेपाली प्रेस जगत जहिल्यैपनि लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा र स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको सुनाए । उनले भने,‘हामी लोकतन्त्रको पक्षमा छौं ।

प्रेस स्वतन्त्रताको लागि कसैसँगपनि सम्झौता गर्दैनौं ।’ लोकतन्त्रको मूल्य र मान्यताअनुरुप विद्येयक आउनुपर्ने धमलाको भनाई छ । 

आफुहरुले कहिल्यैपनि आग्रह वा पूर्वाग्रह राखेर पत्रकारिता नगरेको पनि उनले स्पष्ट पारे । प्रेस बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुने धमलाको विश्वास छ । 

त्यस्तै, नेपाल प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिए । उनले भने,‘गोकुल बास्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएको हो ।

त्यसैले प्रेसकै घाँटी निमोठ्नेगरि विद्येयक ल्याउन लाग्नुभएको हो भन्नेमा मलाई विश्वास छैन् ।’ दाहालले नेपाली पत्रकारिताको अभ्यास ठीक छ त ? भनेर प्रश्न समेत गरे । 

पत्रकार महासंघले आन्दोलन घोषणा गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘पत्रकाहरु पनि स्वनियममा बस्नुपर्छ ।

संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको सुनिश्चिता गरिसकेको छ ।’ सरकारले प्रेस जगतलाई सुधार गर्नेगरि काम गरिरहेको पनि उनले जनाए । सरकारले श्रमजिविहरुको पक्षमा कोशिस गरिरहेकोपनि उनले सुनाए । 

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रेस काउन्सिल विद्येयक प्रेसमैत्री नभएको भन्दै पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा आफ्नो संगठनको पूर्ण ऐक्यबद्धता रहेको सुनाए ।

आफूहरु जनताको न्यायपूर्ण आन्दोलनमा विगतदेखि नै सहभागी हुँदै आएको सुनाउँदै अध्यक्ष डुम्रेले सरकारले ल्याउन लागेको विद्येयकले प्रेसको घाँटी निमोठ्ने काम गरेको सुनाए । 

पछिल्लो समय पत्रकारहरुमाथि राज्यद्रोहको मुद्दा लगाईएको, स्टेशनबाटै पत्रकारहरु पक्राउ गरिएकोले अहिलेपनि पञ्चायतकालिन झल्को दिईरहेको पनि उनको भनाई छ ।

उनले विद्येयक तत्काल खारेज गर्नुपर्ने सुझाए । आफूहरुले निर्भिक रुपमा पत्रकारिता गर्न पाउनुपर्ने उनको भनाई छ । अहिले पत्रकारहरु लुक्दै हिँड्नुपरेको अवस्था रहेकोले यसको चाँडै अन्त्य गर्नुपर्ने सुझाए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...