विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’

काठमाडौँ । विश्व स्वच्छ व्यवसायी दिवस “उचित व्यापार अभियान” शनिवार विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्व स्वच्छव्यवसायी संगठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी प्रदान गर्ने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ विश्व स्वच्छ व्यवसायी दिवस मनाउने तयारी गरिएको छ । 

दिवसको दिन स्वच्छ व्यवसायी समुह नेपालले पोखरामा प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने छ । प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको उपस्थितिमा पोखरामा बृहत छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चित्रबहादुर केशीले जानकारी दिए । 

स्वच्छ व्यवसाय एउटा व्यावसायिक साझेदारी हो जुन संवाद, पारदर्शिता तथा सम्मानमा आधारित भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा संलग्न छ । यसले विशेष गरी विकासशील देशहरुका सीमान्तकृत उत्पादकहरु तथा किसानहरुका अधिकार सुरक्षित गरी राम्रो व्यावसायिक वातावरणबाट दिगो विकासमा सहयोग गर्दछ । यो करीव ७० भन्दाअधिक देशहरुमा छरिएर रहेका स्थानीय तथा छाता संगठन भएको विश्वव्यापी अभियान हो । 

यो विकासोन्मुख मुलुकहरुमा रोजगारीको श्रृजना एवं निर्यात प्रवद्र्धन, निम्नवर्गीय उत्पादकहरुको आर्थिक एवं सामाजिक उत्थान मार्फत गरिबी न्यूनिकरणमा समेत सहयोगी साबित भएको छ । विश्व स्वच्छ व्यवसायी संगठन विभिन्न देशहरुमा छरिएर रहेका स्वच्छ व्यवसायीहरुलाई एकतामा आवद्ध गर्ने एउटा अन्तर्राष्ट्रिय संस्था हो । 

विश्व स्वच्छव्यवसायी संगठनले स्वच्छ व्यवसाय संचालनमा आर्थिक रुपले पिछडिएका उत्पादकहरुका लागि अवसर सिर्जना गर्ने, सम्वन्धित सबै पारदर्शी तथा जिम्मेवार हुने, स्वच्छ व्यवसायका अभ्यासहरु गर्ने, उचित ज्यालाको भुक्तानी गर्ने, बालश्रम तथा जबरजस्तीश्रम नभएको सुनिश्चित गर्ने र भेदभाव रहित, कामगर्ने स्थलमा राम्रो वातावरण सुनिश्चित गर्ने, र क्षमता अभिवृद्धि प्रदान  गर्ने आधारभूत सिद्धान्तहरुको प्रतिपादन गरेको छ । 

सन् १९९६ मा स्थापना भएको स्वच्छ व्यवसाय समूह नेपाल एउटा स्वच्छ व्यवसायीहरुको छाता संस्था हो । यसले आफुना सिद्धान्तहरु प्रवद्र्धन गर्दै २६ वटा स्वच्छ व्यवसायी संस्थाहरु मार्फत आर्थिक र सामाजिक रुपले पिछिडिएका १०,००० भन्दा बढी उत्पादकहरुलाई रोजगारी प्रदान गर्दै आएको छ । नेपालबाट हस्तकलाका बस्तुको हुने कुल निर्यातमा सदस्य संस्थाहरुको योगदान करीव २० प्रतिशत रहेको छ ।

                                                                         –सुशील दर्नाल 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...