कांग्रेस नेताको कर्मचारीलाई आफुले भनेको काम नगरे टाउको छिनाउने धम्की (अडियो रेकर्ड सहित)

काठमाडौ । नेपाली कांग्रेसका नेताले कर्मचारीलाई आफुले भनेको काम नगरे सिधै टाउको छिनाउने धम्की दिएका छन । गाउँ–गाउँमा सिंहदरबार भनिएको स्थानिय सरकारका जनप्रतिनिधि पदको कतिसम्म दुरुपयोग गरिरहेका छन भन्ने कुरा यो घटनाले देखाएको छ ।

यसरी धम्काउने अछाम जिल्ला समन्वय समित सदस्य तथा नेपाली कांग्रेस अछाम जिल्लाका सहसचिव बेद प्रकाश तिमिल्सिना हुन्  । उनी बिनायक पन्चदेवल नगरपालिका–१ का वडा सदस्य जितेपछि जिल्ला समन्वय समितिको सदस्य बनेका हुन् ।

उनले पूर्वाधार बिकास कार्यालय साफेबगर अछामका निमित्त प्रमुख इन्जिनियर जंग थापालाई यस्तो धम्की दिएका हुन् । उनले यति गाली र अपशब्द मात्र बोलेका छैनन् ।

सिँधै तलाई काट्छु भनेका छन् । त्योपनि यति हदसम्मको अपराधिक मानिसलाई मैले छुटाएर संरक्षण गरेर राखेको छु अब तलाई काट्न उसैलाई पठाउछु समेत भनेर किटानका साथ भनेका छन् । उनले यो देशको जो कोहीलाई भन मलाई धम्क्यायो भनेर डराउँदिन तर तलाई काटेरै छोड्छु भनेका छन् ।

उनले उक्त इन्जिनियरलाई मात्र हैन । प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई समेत गाली बेइज्जती गरेका छन् । उनलाईपनि म मान्छे मार्ने मान्छे हो होसियार रहनु भनेका छन् । रावल नेकपा प्रदेश ७ का सचेतक हुन् ।

यो सुन्नुहोस् अडियो रेकर्ड

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...