रुपन्देहीको ककरहवा नाका तीन दिन बन्द गरिने

खस्यौली । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । 

नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन । 

“केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भने । करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।

भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा निर्वाचन हुँदैछ । भारतको सो जिल्लासँग रुपन्देहीको ककरहवा नाका जोडिएको छ । 


त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द हुने बताइएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...