जहाजमै निदाउने पाइलट नागराजलाई उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट आइपी नागराजलाई  जहाज उडानमा प्रतिबन्घ लगाएको छ । एयरबस ३२० का आइपी पाइलट नागराजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो ।

चालक दलका सदस्यसहित १६५ जनाको जिम्मा लिएर काठमाडौं–दुबई जहाज उडाएका नागराजलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेको फोटो सार्वजनिक भएको थियो ।

ककपिटमै निदाएपछि प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ । जहाज उडानमा प्रतिबन्ध लागेसँगै पाइलट नागराज बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...